bidhya-devi-bhandari

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणका लागि आगामी वैशाख ४ गते त्यसतर्फ जाने निश्चित भएको छ।

भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारीको पहिलो भारत भ्रमण हुन लागेको हो।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी सार्वजनिक गरेको कार्यतालिकाअनुसार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको शिष्टाचार भेट हुनेछ।

राष्ट्रपति भण्डारी त्यहाँ हुने विभिन्न स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम छ भने भ्रमणका क्रममा गुजरात र उडिसा राज्य पनि पुग्ने जनाइएको छ । राष्ट्रपति भण्डारी वैशाख ९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रकाशन मिति–२०७३ साल चैत्र ३० गते बुधवार ।