काठमाडौ। नेपालकी १४ बर्षिया किशोरी तेरिया फौजा मगरले भारतीय टेलिभिजन कलर्सको झलक दिखला जा को रियालिटी शो को महत्वपूर्ण उपाधि जितेकी छन्। कडा प्रतिस्पर्धा माझ नेपालकी तेरियाको झलक दिखला जा जितेकी हुन्।

Teriya Fauja Magar.
Teriya Fauja Magar.

पश्चिम नेपालको रुपन्देही जिल्लाको रुद्रपुर निवासी तेरियालाई फाइनल राउण्डमा नृत्यसंगै एसएमएस भोटव्दारा विजेता घोषित गरेको हो। विजेता घोषणसँगै तेरियाले ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्राण्डको कार उपहार पाएकी छन्।

सन् २०१४ को जी टिभिको ‘डिआइडीमा’ ४० हजार प्रतिश्पर्धीलाई पछाडि पारेकी तेरिया डिआइडी विजेताको तर्फबाट यसमा प्रवेश पाएकी हुन् । गत जुलाईमा प्रतियोगिता सुरु भएको थियो।

त्यसमा १२ जोडी सिनियर महिला–पुरुष डान्स सेलीब्रटी छनोट भएका थिए । टेरियासहित ५ जना जुनियरलाई भने अक्टुवर ८ मा च्यालेन्जरका रुपमा प्रवेश गराइएको थियो।

च्यालेन्जरका रुपमा प्रवेश पाएकामध्ये तेरियामात्रै फाइनलमा पुगेकी थिइन् । फाइनलमा उनले ‘डिआइडी’ सिजन १ का विजेता तथा झलक दिखला जाका पूर्व विजेता सलमान युसुफ खान र वर्ल्ड हिपहपका च्याम्पीयनसीपका विजेता सानतनु महेश्वरीसंग प्रतिश्पर्धा गरेकी थिइन् ।
प्रकाशन मिति–२०७३ साल माघ ७ गते शुक्रबार ।