काठमाडौ। नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा बंगलादेशको यूयस बंगलादेश विमानको अकल्पिनिय दूर्घटना भएको छ।

चालक दलका चार जना सहित ७१ यात्रु रहेको उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुंदा विमानमा यात्रारत ४९ जना यात्रुको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। २२ घाइत यात्रुको भने काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सोमवार अपरान्ह २ बजेर १८ मिनेट जांदा भएको युएस बंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली सवार रहेको जनाएको छ। अधिकांस नेपालवाट बंगलादेशमा डाक्टरी पढ्ेर नेपाल फर्केका विद्यार्थीहरु रहेको पनि भनिएको छ।

बंगलादैशको ढाकाबाट काठमाडौँ आएको बिएस २११ ‘कल साइन’ को उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो।

विमानको पाइलटको असावधानीले विमान दूर्घटना भएको प्रारम्भिक अनुसन्धानवाट थाहा भएको छ। जसले गर्दा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल चार घण्टा अवरुद्ध भएको थियो।

प्रकाशन मिति–२०७४ साल फागुन २८ गते सोमवार ।