काठमाडौं। नेपालको नंबर वान व्युटी सैलुन फेसियल हाउसले नयाँ बर्ष २०८० को अवसरमा नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ। फेसियल हाउसकी अध्यक्ष तथा महाप्रवन्धक एवम् बरिष्ठ सौन्दर्य विज्ञ सुषमा महरा आफै मोडल भएको आकर्षक क्यालेन्डर सार्वजनिक भएको हो।

क्यालेन्डर महिला चेम्बरको अध्यक्ष उर्मीला श्रेष्ठ, चर्चित नायिका पूजा शर्मा तथा पद्या कन्या क्याम्पसमा प्रध्यापक अरुणा रायमाझी र फेसियल हाउसकी अध्यक्ष तथा महाप्रवन्धक एवम् बरिष्ठ सौंदर्य विज्ञ सुषमा महराले सामूहिक रुपमा विमोचन गरेर सार्वजनिक गरेकाथिए।

व्युटी व्यवसायमा नेपालकै प्रतिष्ठित फेसियल हाउस काठमाडौंसहित देशका प्रमुख शहरमा ६ वटा शाखा कार्यालय रहेका छन् । काठमाडौंको काठमाडौं महलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसको सिटिसि मल, सुन्धारा, चावहिल, पोखरा, सुर्खेत र धनगढीमा शाखा कार्यालय रहेको छ।