Harry in Bardiya 2काठमाडौ। नेपाललाई तस्वीर तथा टेलिभिजनको माध्यमवाट बचपन देखि देखिरहेको र अध्ययन गरिरहेको बताउने बेलायती राजकुमार ह्यारी नेपालको पाँचदिने भ्रमणको तेश्रो दिनमा पनि निक्कै रमाएका छन्। सोमवार विहानै बर्दिया राष्ट्रिय निकुन्ज पुगेका ह्यारीले त्यहाँ जलयात्राको मज्जा लिनुको साथमा निकुन्जका बन्यजन्तु अवलोकन गरेर तरंगित बनेका छन्।

Harry in Bardiya 1विहानै काठमाडौवाट हेलिकप्टरवाट हिमाली दृश्यको अवलोकन गर्दै बर्दिया अवतरण गरेका ह्यारीले गैंडामोचर पोष्टवाट बघौरा फाँटसमम ४० मिनेट लामो जलयात्रा गरेका थिए। त्यसपछि झण्डै आधा घण्टा जंगलै जंगल हिंडेर रमाएका थिए। निलो जिन्स पाइन्ट र आकाशे सर्टमा मफलर झुन्ड्याएका ह्यारीले प्रकृति, पर्यावरण, हिमाल र बन्यजन्तुप्रति विशेष चासो राखेका थिए।Harry in Bardiya 3बर्दियाको लगतै लमजुङ्ग पुगेर त्यहाँ पनि निक्कै रमाए। लमजुङ्गको प्राकृतिक पर्यावरणमा पदयात्रा समेत गरेका ह्यारी पोखरा पनि पुगेर अझ रमाए। अघिल्लो दिन पाटन र भक्तपुर पुगेर रमाएका ह्यारीले नेपालको पर्यटन प्रवद्र्धनमा आफूले सक्दो सहयोग गर्ने बचनबद्धता प्रकट गरेका छन्।Harry in Bardiya 4Picture By RSS.
प्रकाशन मिति–२०७२ साल चैत्र ८ गते सोमवार ।