Madhav-Karki PM Driverकाठमाडौ। नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापनाम भएपछि हाल १३ प्रधानमन्त्री पुगेको छ। यी १३ प्रधानमन्त्रीमा लगातार १२ प्रधानमन्त्रीको कार हाँक्ने एक्लो सवारी चालकमा काठमाडौ बसुन्धरा निवासी माधव कार्की परेका छन्।

नेपालका तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई देखि बर्तमान केपी शर्मा ओलीसम्मको कार हाँक्ने माधव कार्की उमेरको हदको कारण अवको ६ महिनापछि सेवानिवृत हुन गैरहेको छ। यस अवधिमा नेपाल हाँक्ने प्रधानमन्त्रीहरुलाई हाँक्ने कार्कीैको अनुभवमा बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली तथा तत्कालिन प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई बढी गति मन पर्छ। सूर्यबहादुर थापा र सुशील कोइरालालाई कम गति मनपर्छ।

कार्कीले विसं २०५६ देखि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको गाडी चलाए । त्यसपछि सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष, सुशील कोइराला र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गाडी चलाएका छन्।

विसं २०४२ मा कृषि मन्त्रालयमा सवारी चालकका रुपमा सेवा प्रवेश गरेका कार्कीले २०४७ सालमा गृह मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयमा सरुवा भई प्रधानमन्त्रीको सवारी चलाउने महत्वपूर्ण जिम्मेवारी पाए । त्यसो त चालक कार्कीले कुनै संस्थाबाट तालिम लिएका हैनन। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादको समयमा मिलन बस्नेतले उनलाई तालिम दिएका थिए।

प्रधानमन्त्रीको गाडी सुरक्षा कारकेडको गतिअनुसार चलाउनु आफैंमा चुनौतीपूर्ण हो । निकै सचेतपूर्वक सवारी चलाउनुपर्ने हुन्छ । त्यतिका चुनौतीबाट विचलित नभइकन कार्कीले जिम्मेवारी पूरा गरिरहेका छन्। बाह्र प्रधानमन्त्रीका अहिलेसम्म चार वटा मात्र सवारी फेरिएका छन् । अहिलेका प्रधानमन्त्रीको नयाँ सवारी छ । हालसम्म प्रधानमन्त्रीले चढ्ने महँगो गाडी भनेको करिब रु सात करोड मूल्यको छ। रासस

प्रकाशन मिति–२०७२ साल पुष ४ गते शनिवार ।