Thai Princess Siridhoran
Thai Princess Siridhoran

काठमाडौ। थाइल्याण्डका राजकुमारी महाचाकरी सिरिनधोरन् आज शुक्रबार भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा पुगेकी छन्।

राजकुमारी सिरिनधोरन्ले लुम्बिनीमा विभिन्न कार्यक्रममा सहभागी हुने भएकी छन्।

थाइ एअरको विशेष वायुयानबाट शुक्रबार बिहान काठमाडौ आइपुगेकी राजकुमारी सिरिनधोरन् काठमाडौवाट बुद्ध एअरको चार्टरमार्फत लुम्बिनी पुगेकी हुन्।

राजकुमारी सिरिनधोरन्सँग ४४ जना थाइ सरकारका विशिष्ट पाहुना पनि भ्रमण दलमा रहेका छन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक ३ गते शुक्रबार ।