Mt. Everestकाठमाडौ। विश्वको अग्लो शिखर सगरमाथाको उचाई नाप्न भारतीय बैज्ञानिकहरु नेपाल आउने भएको छ।

भारतीय बैज्ञानिकहरुले नेपाल आएर गत बर्ष नेपालमा गएको विनाशकारी भूकम्पको कारण सगरमाथाको उचाईमा घटबढ भएको छ या छैन भन्ने विषयमा निक्र्यौल गर्न नापजाँच गर्ने भएका छन्।

विनाशकारी भूकम्पका कारण सगरमाथाको उचाई घटेको स्याटेलाइट तथ्याङ्गमा देखिएको छ। आधिकारिक रुपमा सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर रहेको छ।

अन्तरराष्ट्रिय समाचार संस्था एएफपीका अनुसार पांच सदस्यीय भारतीय बैज्ञानिकहरुको टोली नेपाल आएर नापजाँच गर्ने पक्का–पक्की भएको छ। उनीहरु जाडो मौसमको अन्ततिर उनीहरु नेपाल आउने निश्चित भएको छ।
प्रकाशन मिति–२०७३ साल माघ ११ गते मंगलवार ।