काठमाडौ। नेपाल सरकारले नेपालको सातवटै प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ। प्रधानमन्त्री निवास वालुवाटारमा बुधवार बसेको बैठकले प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ३ को हेटौंडा, प्रदेश नम्बर ४ को पोखरा केन्द्र तोकिएको छ।

त्यस्तै प्रदेश नम्बर ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी केन्द्र तोकिएको हो । त्यस्तै प्रदेश प्रमुखहरुमा प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ मा भने अनुराधा कोइराला प्रमुखमा तोकिएका छन्।

प्रदेश नम्बर ४ मा बाबुराम कुँवर, प्रदेश नम्बर ५ मा उमाकान्त झा, प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा तोकिएका छन्। प्रदेशका विषयमा केही समयदेखि प्रदेशको राजधानी माग गरिदैआएको प्रदेश नंबर १ को धनकुटा र प्रदेश नंबर ५ को दाङ हुनुपर्ने माग गरिदैआएकोमा त्यसको संवोधन हुन सकेन। प्रदेश नंबर ७ को राजधानी डोटी दिपायल हुनपर्नेमा नभएकोमा पनि त्यसको विरोध भएको छ।

जसलेगर्दा धनकुटा तथा दाङ र डोटीमा आन्दोलन फेरि चर्किएको छ। अनिश्चितकालिन बन्द लगायतका आन्दोलनले धनकुटा,दाङ र डोटीको जनजीवन अत्यन्त प्रभावित बनेको छ।

प्रकाशन मिति–२०७४ साल माघ ३ गते वुधवार