काठमाडौ। नेपालको हिमाली जिल्ला हुम्लामा आज शुक्रबार बिहानैदेखि हिमपात शुरु भएको छ।

हिमपातका कारण आसन्न मंसीर १० गतेको निर्वाचन प्रभावित हुनसक्ने देखिएको छ। हिमपातले जाडो व्हात्तै बढाएको छ। जिल्ला सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको छ।

लगातार हिमपात भइरहे हुम्लामा हुने निर्वाचन प्रभावित हुने देखिन्छ। जिल्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका सबैभन्दा बढी हिमपात हुने क्षेत्र हो। नाम्खा गाउँपालिकाअन्तर्गत पर्ने १० वटा मतदान केन्द्र हिमपातबाट बढी प्रभावित हुने देखिएको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर १ गते शुक्रबार ।