budha-say-miकाठमाडौ। नेपालभाषाका विद्रोही कवि तथा नेपाः पार्टीका नेता एवम् पूर्वसभासद बुद्ध सायमीको ७२ बर्षको उमेरमा आइतवार दुःखद निधन भएको छ।

गत हप्ताको सोमवार अचानक बेहोस भएर ढलेपछि सायमीलाई उपचार्थ जावलाखेलस्थित अल्का अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा निधन भएका नेता सायमीमा कलेजो, मिर्गौला र मधुमेहको समस्या रहेको थियो।

वि.सं.२०६४ सालको संविधान सभामा नेपाः पार्टीवाट सभासद बनेका सायमी नेवाः देय् दबुको संस्थापक अध्यक्ष समेत हुन्। वि.सं. २०२० सालवाट नेपालभाषामा कविता लेख्न शुरु गरेका उनका दुई कविता संग्रह सहित चार कृति प्रकाशित छन्।
प्रकाशन मिति–२०७३ साल पुष ११ गते सोमवार ।