Tuyumati 1काठमाडौ। नेपालभाषामा तीनदशकयता धेरै चलचित्र निर्माण भएका छन्। ती चलचित्रमध्ये सिलु, राजमति, बाला–मयजु, पटाचारा, कृषागौतमी लगायतका आधा दर्जन चलचित्रले मात्र इतिहास रचेको पाइएको छ। पछिल्लो समय नेपाल र बेलायतबाट एकसाथ निर्माण भएको पहिलो चलचित्र तुयुमतिले अर्को इतिहास रच्ने क्रममा रहेको छ।

बेलायतमा विगत डेढदशकदेखि रहदैआएका नेपाली चलचित्रका प्रभावशाली कलाकार मनिषकुमार श्रेष्ठको निर्माणमा निर्मित चलचित्र तुयुमति अंग्रेजी सवटाइटलिङ्ग सहित बेलायतमा फस्ट प्रिमियर भव्यताकासाथ हुनभएको छ। ३१ जनवरी आइतवारका दिन लण्डन स्थित सफारी सिनेमा स्टेशन रोड हाररोमा बेलायतको समयअनुसार दिउंसो १.३० बजे प्रिमियर हुनगैरहेको जानकारी तुयुमतिका प्रमुख लिडिङ्ग क्यारेक्टर समेत रहेका अभिनेता मनिषकुमार श्रेष्ठले दिएका छन्।

Tyumati london Release

अभिनेता श्रेष्ठका अनुसार, बेलायत स्थित पासाःपुचको आयोजनामा उक्त भव्य प्रिमियर हुन गैरहेको हो। जसमा बेलायतमा रहेका प्राय सवै नेपालीहरुको उपस्थिति हुने अभिनेता श्रेष्ठले अपेक्षा गरेका छन्। आर्यम नकर्मीको निर्देशन रहेको चलचित्र तुयुमतिमा अर्णेश्वरी शिल्पकार, मनिषकुमार श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, धीरेन शाक्य, हिसिला महर्जन, राजाराम पौडेल, सविन शाक्य, हृद्यप्रसाद मिश्र, सुशिल प्रजापति, विनोद चिपालु, राजेन्द्र खड्गी लगायतका कलाकारहरुको अभिनय रहेको छ।

केही दृश्यमा बेलायतमा रहेका बेलायती कलाकारहरुको पनि प्रभावशाली अभिनय रहेको छ। अधिकाँश दृश्यको छायाँकन नेपालमा गरिएको छ भने, केही दृश्यको छायाँकन बेलायतमा गरिएको छ। बेलायत र नेपाललाई जोड्ने चलचित्रको रुपमा पनि तुयुमतिलाई लिइएको छ। त्यसकारण पनि चलचित्र तुयुमति एकपल्ट हेर्नैपर्ने चलचित्र बनेको चलचित्र तुयुमति युनिटको भनाई रहेको छ।

प्रकाशन मिति–२०७२ साल माघ १६ गते शनिवार ।