Nepal Bhasha Film Festival Film 1

काठमाडौ। यही आउने पुष महिनाको अन्तिम साताबाट अर्को बर्षको पुष महिनासम्म गरेर एक बर्ष नेपालभाषा फिल्म महोत्सव हुन गैरहेको छ। महोत्सवको प्रत्येक महिनाको अन्तिम हप्ता एक नेपालभाषाको चलचित्र प्रदर्शन गरेर महोत्सव मनाउने अन्तिम तयारीमा आयोजकहरु देखिएका छन्।

नेपालभाषा संकिपा समाजको आयोजनामा हुन गैरहेको उक्त महोत्सवका लागि मंसिर १८ गते आवेदन दिने अन्तिम दिनसम्म नयाँ तथा पुराना गरेर १८ नेपालभाषाका चलचित्रले आवेदन दिएको महोत्सव संयोजक तथा समाजका उपाध्यक्ष पवन जोशीले बताएका छन्। आवेदनमा परेका १८ वटा चलचित्रबाट महोत्सवको नियम अनुसार छनौट गर्नको लागि नेपालभाषाका अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधरको छनौट कमिटीलाई जिम्मेवारी दिएको आयोजक समाजका अध्यक्ष सुरेन्द्र तुलाधरले भनेका छन्।

Tuyumatiपत्रकार तुलाधरको कमिटीले छनौट गरेर पठाइएको १२ वटा नेपालभाषाका चलचित्रलाई महोत्सवमा भाग लिन दिइने समाजका सचिव स्वतन्त्र महर्जन भन्छन्। नेपालभाषाको फिल्म महोत्सवमा बेलायतवाट निर्माण भएको पहिलो नेपालभाषाको चलचित्र तुयुमतिले पनि भाग लिएको छ। बेलायतमा रहेका चलचित्र तुयुमतिका अभिनेता तथा निर्माता मनिषकुमार श्रेष्ठ नेपालमा पहिलोपल्ट नेपालभाषाको फिल्म महोत्सव हुन गैरहेकोमा आफूजस्ता मातृभाषा प्रेमी चलचित्रकर्मीहरुलाई अत्यन्त खुशी लागेको प्रतिक्रिया दिएका छन्। उनले महोत्सवको सफलताको लागि कामना पनि गरेका छन्।

प्रकाशन मिति–२०७२ साल मंसिर २० गते आइतवार ।