Vetran Film Director & Writer Mr. Pawan Joshi

काठमाडौं। युगिन चलचित्र अभिनेता तथा निर्देशक पवन जोशीको निर्देशनमा निर्मित पछिल्लो नेपालभाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ। निर्देशक जोशीको निर्देशनमा दागबत्ती बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

निर्देशक जोशीकै शव्द–रचना तथा अनिल तुलाधरको संगीत रहेको गीतमा गायक राजेन्द्र शाक्यको कर्णप्रिय गायन रहेको छ। यस गीतको भिडियोवाट नायक सुरेन्द्र श्रेष्ठ र नायिका सरु भारतीको डेब्यु भएको छ। दुवै नायक–नायिकाको अब्बल अभिनय रहेको छ।

यसअघि नेपाली भाषाका गीतका म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका नायक सुरेन्द्र श्रेष्ठले पहिलो पल्ट नेपालभाषाको गीतमा नायक बनेर अभिनय गर्न पाउंदा गौरबता लागेको बताएका छन्।

त्यस्तै, गैरनेपालभाषी भएतापनि नेपालभाषाको गीतमा अभिनय गरेकी सरु भारतीले भाषा नबुझेपनि भाव बुझाएर निर्देशक जोशीले अभिनय गराएको कारण अत्यन्त सहज भएको वताउंदै निर्देशक जोशी आफ्नो अभिनयको गडफादर नै भन्न चुकेनन्। सुरेन्द्र र सरुका साथमा आशा तामाङ, विक्रम प्रजापति र गोपीलाल तुयुको अभिनय रहेको छ।

प्रकाशन मिति–२०७९ साल चैत्र २५ गते शनिवार ।