Thamha Mhugu Ga- A Nepal Bhasha Filmकाठमाडौ। नेपालभाषामा निर्माण भएको चलचित्र थम्ह म्हुंगु गा प्रदर्शन हुने भएको छ। नेपालभाषा फिल्म फेस्टिबल अन्तर्गत उक्त चलचित्र यही बैशाख ९ गते काठमाडौको बागबजार स्थित सिटीम्याक्स हलमा प्रदर्शन हुन लागेको हो।

निर्माता सुरेश खड्गीका अनुसार चलचित्रको नाम नै थम्ह म्हुंगु गा भनेको आफैले खनेको खाल्डो हो। आफैले खनेको खाल्डोमा कसरी मानिसहरु आफै पर्ने गर्दछ भन्ने यथार्थता यस चलचित्रमा आफूहरुले देखाउने प्रयास गरेको निर्माता खड्गीले भिजन संसारलाई भनेका छन्। यसअर्थमा पनि चलचित्रले नाम अनुसार सवलता पाएको र रिचता भएको दावी पनि निर्माता खड्गीको रहेको छ।

रविन्द्र शाहीको निर्देशन रहेको यस चलचित्रमा कृष्णप्रसाद खड्गीको समेत निर्माण रहेको छ। लेखन शंकर खड्गीको रहेको छ। किशोकुमार शाही, रुबिन महर्जन, मीरा माली, पल्पसा डंगोल, सुरेन्द्र केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख २ गते शनिवार ।