Nepal Bhasa Film fest samman 2काठमाडौ। नेपालभाषा संकिपा समाज र मिडिया ग्यालरीको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा आदिवासीकोतर्फवाट चलचित्र विकास बोर्डमा अध्यक्ष बनेका राजकुमार राईलाई भारी सम्मान प्रदान गरिएको छ।

शनिवार पाटनको पाटनढोका स्थित अशोक हलमा आयोजित समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष राईलाई प्रमुख अतिथि बरिष्ठ संस्कृतिविद्ध डा.सत्यमोहन जोशीले विशेष सम्मान प्रदान गरेका छन्। जोशीले राईलाई सम्मान प्रदान गरेपछि नेपालभाषा संकिपा समाज र मिडिया ग्यालरीका पदाधिकारी तथा कलाकारहरुवाट एक पछि अर्को गरेर पुष्पगुच्छा प्रदान गरेर सम्मान गरिदा सम्मानित बोर्डका अध्यक्ष राई समेत तीनछक्क परेका थिए।

Nepal Bhasa Film fest samman 1

नेपालभाषी चलचित्रकर्मीहरुकोतर्फवाट त्यति धेरै सम्मान प्राप्त गरेर अत्यन्त दंग परेका अध्यक्ष राईले आदिवासी जनजातिका चलचित्रको उत्थान र प्रवद्र्धनमा आफू अझ क्रियाशील बन्न हौसला मिलेको बताए। सोही समारोहमा नेपालभाषा संकिपा समाजका उपाध्यक्ष पवन जोशीले स्वागत भाषण र अध्यक्ष सुरेन्द्र तुलाधरले मन्तव्य दिने क्रममा यही पुष २५ गतेबाट बर्षभरि नेपालभाषा चलचित्र महोत्सव प्रारम्भ हुन लागेको र यसमा सवैको सहयोगको अपेक्षा गरेको बताए।

Manu Mhasieki.1

सम्मान कार्यक्रम पश्चात नेपालभाषी चलचित्र मनु म्हसिकी प्रदर्शन गरिएको थियो।सामाजिक सन्देशमूलक कथाबस्तुमा आधारित चलचित्र मनु म्हसिकीमा भिन्तुना जोशी, विनोद श्रेष्ठ, पवन जोशी, कृष्णभक्त महर्जन, मन्जु श्रेष्ठ, राजाराम पौडेल लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ।

प्रकाशन मिति–२०७२ साल पुष १२ गते आइतवार ।