काठमाडौ। नेपालमा देवी–देवताको पूजा तथा उपासना पनि अनलाइन सेवावाट इ–पूजा गर्न मिल्ने भएको छ। संसारभरका कुनैपनि भक्तजनहरुले अनलाइनवाट पूजा गर्न सक्ने व्यवस्था कतिपय मठ–मन्दिरहरुले नेपालमा गर्न थालेका छन्। त्यसक्रममा काठमाडौको गौशाला नजिक बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा नेपालमा नै पहिलोपटक इ–पूजाको शुरुवात गरेको छ।

Shree Ram Mandir-Battish Putali, Gaushala, Kathmandu, Nepal.
Shree Ram Mandir-Battish Putali, Gaushala, Kathmandu, Nepal.

श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं संवद्र्धन समितिले शुक्रबार आयोजित कार्यक्रममा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले इ–पूजाको शुभारम्भ गरेका हुन्। मन्दिर संवद्र्धन समितिका सदस्यसचिव डा. गोविन्द टण्डनले अनलाइनबाट भुक्तानी गरी रु ५०१ देखि रु एक लाख ११ हजार १११ सम्मको पूजा गर्नसक्ने व्यवस्था गरिएको भनेका छन्।

केही महिनामै अनलाइनमार्फत् प्रत्यक्षरुपमा पूजा गरेको दृश्यसमेत देखाउन तयारी गरिएको डा.टण्डनले जानकारी दिएका छन्। मन्दिरको वेबसाइट www.ramepuja.org मा गएर पूजाका लागि फाराम भर्नसकिने बताइएको छ ।

प्रकाशन मिति–२०७४ साल कात्तिक ११ गते शनिवार ।