Badhi Pairo 3काठमाडौ। नेपालमा परेको अविरल बर्षाका कारण आएको बाढी पहिरोमा परेर तीन दिनमा ५८ जनाको मृत्यु भएको छ।

गृह मन्त्रालयका अनुसार बाढी पहिरोका सबैभन्दा बढी सुनसरीमा ८ जनाको मृत्यु भएको छ। रौतहटमा ७ जनाको ज्यान गएको छ । बाढीका कारण झापामा ४, मोरङमा ५, सर्लाहीमा ३, महोत्तरीमा १, धनुषामा १, सिन्धुलीमा ४, बारामा ३, चितवनमा २ जनाको ज्यान गएको छ।

बाढी पहिरोमा परी २३ जना वेपत्ता र ३२ जना घाइते भएका छन्। बाढी पहिरोले ३ सय बढी घरमा क्षति पुगेको मन्त्रालयले भनेको छ।

Badhi Pairo 4प्रकाशन मिति–२०७४ साल साउन २९ गते आइतबार ।