International Lokकाठमाडौ। नेपालमा आठौ अन्तरराष्ट्रिय लोक–सांस्कृतिक मेला हुने भएको छ। काठमाडौमा फागुन १९ देखि २८ गतेसम्म हुने उक्त मेलाको आयोजना एभरेष्ट नेपाल कल्चरल ग्रुपले गर्ने भएको छ।

काठमाडौमा सोमवार आयोजित पत्रकार सम्मेलनमा दश दिनसम्म चल्ने मेलामा इष्टोनिया, मेक्सिको, इन्डोनेसिया, बंगलादेश, श्रीलंकासहित १५ भन्दा बढी मुलुकका प्रतिनिधिहरुले सहभागिता जनाउने भनिएको छ। लोक–संस्कृतिको संवद्र्धन र संरक्षणको लागि मेला ललितपुर, काभ्रे, नुवाकोट, धादिङ्ग, पोखरालगायतका पर्यटकीय स्थलमा पनि हुने भनिएको छ।

पर्यटक कलाकारको स्वागत सत्कार नेपाली लोक–संस्कृतिको आधार नारासहित संचालन हुने उक्त मेलाले नेपाल भ्रमण सुरक्षित छ भन्ने सन्देश दिने प्रमुख उदेश्य रहेको लोकसंस्कृतिकर्मी नारायण रायमाझीले भिजन संसारलाई बताएका छन्।

आयोजक एभरेष्ट नेपाल कल्चर ग्रुपका अध्यक्ष रामचन्द्र कोइरालाले मेला अवधिभर कलाकारहरुले आ–आफ्ना संस्कृति झल्काउने भेषभूषा लगाएर विभिन्न क्षेत्रको पदयात्रा गरिने भने।
प्रकाशन मिति–२०७२ साल माघ २५ गते सोमवार ।