Sex Toys 4काठमाडौ। नेपालमा चार बर्षअघि मात्र शुरु भएको सेक्स टोयजको व्यापारमा उल्लेखनिय बृद्धि भएको छ। सेक्स टोयजको बृद्धि हुनुमा बैदेशिक रोजगार प्रमुख कारणको रुपमा लिइएको छ। बैदेशिक रोजगारीको सिलसिलामा विवाहिता श्रीमान तथा श्रीमती देशवाट टाढा हुनु र एकको अभावमा शारीरिक संवन्धको विषयमा परपुरुष तथा परस्त्रीगमन भन्दा सेक्स टोयज सहज एवम् भरपर्दो हुनेभएकोले नेपालीहरुको पनि यसतर्फ निक्कै आकर्षण बढ्ेको हो।

Sex Toys 2लिङ्ग तथा योनीको आकारका कृत्रिम मैथुन सामग्रीवाट आनन्द दिने साधनलाई सेक्स टोयज भन्ने गरिएको छ। काठमाडौको न्यूरोडमा मात्र सेक्स टोयजको अत्याधिक मागसंगै यसको कारोवार गर्ने तीनवटा सेक्स टोयज पसल संचालनमा आइसकेको छ। पोखरा तथा धरानमा पनि यस्ता पसलले कारोवार गत बर्षवाटै शुरु गरिसकेको छ। अन्य प्रमुख शहरहरुमा पनि सेक्स टोयज सप क्रमिक रुपमा संचालनमा आउने प्रक्रियामा रहेको छ।

Sex Toys 3विशेषत चीनवाट निर्यात हुंदै नेपाल आउने सेक्स टोयज सिलिकनवाट निर्माण भएको हुन्छ। यस्ता सेक्स टोयजको मूल्य १ हजार ५ सय देखि ५० हजारसम्म पर्ने गर्दछ। प्राकृतिक यौनसंवन्धमा जस्तो आनन्द दिने भएकोले प्राय श्रीमान या श्रीमती विदेशमा हुनेहरुले नै यसप्रकारका सामाग्री खरिद गर्न आउने व्यवसायीहरु बताउंछन्। यसबाहेक धेरैजसो संपन्न परिवारका मानिसहरु, डाक्टर, राजनीतिज्ञ, व्यापारी, खेलाडी तथा कलाकारले सेक्स टोयज प्रयोग गर्ने गरेको व्यापारी प्रविण ढकालले भनेका छन्।

Sex Toys 1प्रारम्भमा साउदी अरबमा सेक्स टोयज निर्यात गर्ने व्यापारी ढकाल हाल नेपालमा नै बढी खपत हुने भएकोले विदेश निर्यात कम गर्न थालेको भन्छन्। सेक्स टोयजको प्रयोगवाट बलात्कार तथा मनोरोगीको संख्यामा कमी आउन थालेको विज्ञहरुको भनाइ रहेको छ।
प्रकाशन मिति–२०७३ साल जेठ ३ गते सोमवार ।