Maggy-Doyneकाठमाडौ। मध्य–पश्चिम नेपाल सुर्खेतको आकाशमा विना अनुमति ड्रोन उडाएर बेपत्ता बनेका भनिएका दुई विदेशी नागरिक बुधवार क्राँक्रेविहार जंगलवाट पक्राउ परेको छ। पक्राउ परेका भनिएका दुई विदेशी नागरिकमा सीएनएन हिरोसमेत रहेकी अमेरिकी नागरिक म्यागी डोयन तथा उनको सहयोगी क्यानाडाका नागरिक २५ बर्षिय जेर्मी रेज्मीबल रहेका छन्।

सुरक्षाको दृष्टिकोणले अत्यन्त संवेदनशील स्थानमा ड्रोन क्यामेराको माध्यमवाट विना अनुमति फोटो खिच्ने कार्यमा सीएनएन हिरो म्यागीको संलग्न रहेको पुष्टि भएको र उनको सहयोगी जेर्मीले पनि म्यागीकै निर्देशनमा ड्रोन क्यामेरा उडाएको सुर्खेत प्रहरीसमक्ष स्वीकार गरिसकेका छन्।

Maggy-Doyne 1

माथिल्लो निकायको व्यापक दबाबका सीएनएन हिरो म्यागीलाई सुर्खेत प्रहरीले मध्यराति नै रिहा गरिएको छ। विहीवार सीएनएन हिरो म्यागीका सहयोग भनिएका जेर्मीलाई काठमाडौ ल्याइएको छ। सीएनएन हिरो म्यागीको प्रत्यक्ष संलग्नता भएतापनि जेर्मीले मात्र ड्रोन क्यामेरा उडाएको लिखित जमानी तयार पारेर कारवाहीको लागि जेर्मीलाई मात्र काठमाडौ पठाइएको छ।

सीएनएन हिरो म्यागीलाई गिरफ्तार गरेर कारवाही चलाएमा नराम्रो सन्देश जाने माथिल्लो निकायको चर्को दबाबका कारण उनलाई चोख्याउने प्रयास भएको छ। सुर्खेत प्रहरीले म्यागी र उनको सहयोगीलाई पक्राउ गर्दा म्यागीले आफूलाई गिरफ्तार गर्ने प्रहरी अधिकृतको जागिर खाइदिने धम्की समेत दिएकी थिइन्।
प्रकाशन मिति–२०७३ साल बैशाख १६ गते विहीवार ।