Nepal School Studentsकाठमाडौ। नेपालका सोमवार र मंगलवार गरेर दुई दिन शैक्षिक हडताल हुंदा ७५ हजार भन्दा बढी विद्यार्थी प्रभावित बनेका छन्। उनीहरुको पढ्न पाउने मानवधिकार हनन भएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी क्रान्तिकारीका विद्यार्थी संगठनले हडताल गरेपछि विद्यालय तथा विद्यार्थीहरु व्यापक प्रभावित बनेको हो। दुई दिने हडतालको दिनमा विद्यालय तथा कलेज चलाएको भनेर सोमवार काठमाडौ स्थित मोडेल नर्सिङ्ग कलेज, एसएमएस कलेज र शंकरापुर एकेडेमीमा तोडफोड गरिएको छ। सोमवार भएको तोडफोडले मंगलवार नेपालभरका शैक्षिक संस्थाहरु ठप्प जस्तो नै भएको छ।

नीजि स्कुलदेखि विश्वविद्यालयसम्म हचुवाको भरमा गरेको शुल्क बृद्धि फिर्ता गरिनु पर्ने, गरिब विद्याथीइेले मेडिकल शिक्षा निःशुल्क पढ्न पाउनु पर्ने माग राखेर दुई दिने हडताल गरेको विप्लव समर्थित क्रान्तिकारी विद्यार्थी संगठनले जनाएको छ। यसै वीच गरिबको विद्यार्थीले निःशुल्क मेडिकल शिक्षा पाउनु पर्ने माग राख्दैआएको संगठनका अगुवा विप्लवका छोरा प्रकाश चन्द भने महंगो मेडिकल कलेजमा एमबीबीएस डाक्टरी पढिरहेको खुलासा भएको छ।

Bipalab with his son Prakashचितवन स्थित चितवन मेडिकल कलेजमा प्रकाश चन्द हाल अध्ययनरत रहेका छन्। विप्लव पुत्र प्रकाशले आफू शुल्क तिरेरै उक्त मेडिकल कलेजमा पढ्रिहेको र पढ्ने आफ्नो अधिकार भएको बताएका छन्। माओवादी जनयुद्धकालमा रुकुमको सरकारी स्कुलमा पढ्ेको र आइएस्सी काठमाडौको अमृत साइन्स कलेज पढेको र एमबीबीएस पढ्न चितवन मेडिकल कलेजमा आएको प्रकाशले भनेका छन्। चितवन मेडिकल कलेजमा शुरुमा १० लाख तिरेको र हाल बर्षैपिच्छे एक–दुई लाख तिर्दै आएको पनि उनले खुलासा गरेका छन्।

प्रकाशन मिति–२०७३ साल साउन ३२ गते मंगलवार ।