Hospitality Award 1काठमाडौ। हस्पिटालिटी फाउन्डेशन अफ नेपालले आयोजनामा पहिलो पल्ट नेपालमा हस्पिटालिटी अवार्ड प्रदान गरिएको छ। आइतवार आयोजित कार्यक्रममा नेपालका संस्कृति पर्यटन तथा नागरिक उडडयन राज्य मन्त्री परशुराम तामाङ्गले नेपालको पर्यटन क्षेत्रमा विशिष्ट योगदान दिने पर्यटन व्यवसायीहरुलाई उक्त अवार्ड प्रदान गरिएको हो।

सात विधामा सातजनालाई अवार्ड प्रदान गरिएको छ। जसमा इनोभेटिभ सेफ अफ दि एयरवाट कुमार चालिसे, हस्पिटालिटी इन्टरपनरवाट राजेन्द प्रसाद त्रिपाठी , गेस्टोनमि अवार्डवाट सुरेश चन्द्र बस्नेत, बेस्ट रेस्टुरेन्ट इन पोखरावाट डुङ्गा रेस्टो एण्ड लन्ज बार वाट राजेश गुरुङ्ग, वेस्ट बुटिक होटलवाट अप्सरा ब्ुाटिक होटल ठमेलका रमेश नापित, वेस्ट ट्राभल एण्ड टुर वाट हिमालयन डिस्कोभरी नेपालका एलेक्स नेपाल (सुरेश लम्साल) र वेस्ट एयर होस्टेस एकेडमी अवार्डबाट फल्याइटेक इन्टरनेशनलका नाजिर हुसैनलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।

Hospitality Award 2अवार्ड कार्यक्रम माथि प्रकाश पार्दै हस्पिटालिटी फाउन्डेशन अफ नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति महेशराज ढकालले नेपालमै यस खालको अवार्ड आफुहरुले व्यक्तिगत प्रयासमा गरेको बताउँदै भविस्यमा यस खालको कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवालाहरुले पनि सहयोग गर्ने अपेक्षा राखेको बताएका छन्।

पर्यटन प्रवद्र्धनमा युवाको भूमिका विषयक अन्तक्रिया तथा हस्पिटालिटी अवार्ड २०७३ कार्यक्रम मार्फत नेपालको पर्यटन क्षेत्र राष्ट्रिय मेरुदण्डको रुपमा रहेका युवावर्गलाई अघि सार्दै सानो लगानीबाट ठूलोरुपमा युवा परिचालित गर्दै मनग्य प्रतिफल, पर्यटन, सभ्यता, संस्कृतिको समस्या र युवा स्वरोजगारलाई कसरी अगाडि बढाउने भन्ने बारे कार्यक्रममा अवार्ड विजेता सुरेश चन्द्र बस्नेतले भनेका छन्।

बस्नेतले यस्तो सराहनीय कार्यको प्रशंसा गर्दै अवार्डले आफुलाई पर्यटन क्षेत्रमा अझ केही गर्ने हौसला मिलेको बताए। यसैगरी टानका अध्यक्ष चन्द्र रिजालले पर्यटन क्षेत्रमा आएको आम्दानी सही ठाउँमा सदूपयोग भए नेपाल पर्यटन क्षेत्र अझै युवामयी हुने सुनाए। पर्यटन बोर्डका सदस्य राजेन्द सापकोटा नेपालको अन्तराष्ट्रिय विमानस्थलका सुधार तथा व्यवस्थित गर्न आग्रह गदै नेपाल नेपाल वायु सेवा निगमले ल्याउन लागेको विमानवाट लण्डनको हिथ्रो विमानस्थल, जर्मनीको फ्रान्कफोर्ट र जापानको टोकियोलाई नयाँ गन्तव्य खोजी गर्नको लागि पर्यटन मन्त्रालयले प्रयास गर्नु पर्ने आग्रह गरे।

Hospitality Award 3

सोहीे कार्यक्रममा बिजय कुमार ढकाल, लोक कृष्ण भट्टराई, निलकणठ तिवारी, शिव अधिकारी बेखारत्न शाक्य, निटका अध्यक्ष दीपक महतले युवावर्गलाई पर्यटन क्षेत्रमा आकर्षित गर्न सरकारले पहल गर्नु पर्ने लगायतका धारणा व्यक्त गरेका थिए।
प्रकाशन मिति–२०७३ साल चैत्र १४ गते सोमवार ।