काठमाडौ। नेपालमा पहिलो पल्ट समलिङ्गी जोडीको विवाह दर्ता भएको छ। सुदुरपश्चिम नेपालको डडेल्धुरा जिल्लामा एक समलिङ्गी जोडीको विवाह भएको हो। जिल्लाको भित्रीमधेशका रुपमा चिनिने परशुराम नगरपालिकामा समलिंगी विहे दर्ता भएको अन्नपूर्ण पोष्टले लेखेको छ।

Third Gender Marriageस्थानीय रमेश नाथले वैशाख २४ गते समाजिक परम्परा अनुसार कैलालीको लम्किीचुहा नगरपालिका १ की मोनिका शाहीसंग विवाह गरेका थिए। उनीहरुले परशुराम नगरपालिका पुगरे विहे दर्ता गराएका हुन्। समलिङ्गी विहे दर्ता जिल्लामै मात्र पहिलो नभएर देशमै पहिलो पटक भएको नगरपालिकाको दावी छ। कतिपयले त यसलाई दक्षिण एसियामै पहिलो पटक समलिङ्गी विहे दर्ताका रुपमा लिएका छन्।

लामो समय देखि समलिङ्गी अधिकारकर्मीका रुपमा क्रियाशील मोनिकाले नेपालमै पहिलो पटक ‘अन्य’ लिंग उल्लेख गरी राहदानी बनाएकी थिइन। नेपालमै पहिलो पटक विहे दर्ता गराएको यो जोडी यति बेला भने निकै तनावमा छ। कारण हो, मोनिका शाहीले सुरुमा विवाह पूर्व लिएको नागरिकताका कारण।

नागरिकतामा उनको नाम मनोज शाही छ। तर उनी यतिबेला त्यो नाम परिवर्तन गरेर मोनिका शाही लेख्न चाहिन्छिन्। नागरिकतामा भएको यो नाम करेक्सन गर्न भने कानूनले नमिल्ने भएकोले समस्या देखिएको छ। यो जोडीले साउन ६ गते विहे दर्ता गराएको खुलासा भएको हो।
प्रकाशन मिति–२०७४ साल साउन १५ गते आइतवार ।