काठमाडौ। नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ। निगमले बुधबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको हो।

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएर प्रतिलिटर १०० रुपैयाँ पुर्‍याइएको छ भने डिजेल र मट्टितेलमा १र१ रुपैयाँ बढाएर प्रतिलिटर ७५ रुपैयाँ ५० पैसा कायम गरिएको छ। खाना पकाउने ग्यासको मूल्यमा भने प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएर प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ कायम गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि मूल्य समायोजन गरिएको निगमको दाबी रहेको छ ।
प्रकाशन मिति–२०७४ साल कात्तिक १५ गते बुधवार ।