काठमाडौ। नेपालमा फेरि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैया मूल्य वृद्धि गरेको हो।

यससँगै अब पेट्रोल प्रतिलिटर १ सय ३ र डिजेल ७१ रुपैयाँ पुगेको छ । भारतले नयाँ मूल्यसूची पठाएपछि मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।
प्रकाशन मिति–२०७४ साल माघ ३ गते वुधवार ।