काठमाडौ। बलिउडका कुनैबेलाका ख्यातिप्राप्त अभिनेता तथा भारतीय जनता पार्टीका सांसद एवम् पूर्वमन्त्री शत्रुघन सिन्हाको बायोग्राफी पुस्तक खामोश (Anything But Khamos) नेपालमा सार्वजनिक भएको छ।

khamosबुधवार काठमाडौको आर्मी अफिसर्स क्लबमा आयोजित एलजी फिल्म अवार्डमा अभिनेता सिन्हाको उक्त बायोग्राफी पुस्तकको सार्वजनिक गरिएको हो। नेपालका उपराष्ट्रपति नन्द वहादुर पुनका साथमा अभिनेता सिन्हा, नेपालका अर्बपति विनोद चौधरी र नेपालका बरिष्ठ अभिनेता नीर शाहले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरेका थिए।

अभिनेता सिन्हाको बायोग्राफी पुस्तक खामोशमा उनको बाल्यकाल देखि संघर्ष र सफलताको कथा समावेश गरिएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ २२ गते बुधवार ।