काठमाडौमा परेको अविरल बर्षाले सडक नदी जस्तै बन्यो ! तस्वीर–राज महर्जन ।
काठमाडौमा परेको अविरल बर्षाले सडक नदी जस्तै बन्यो ! तस्वीर–राज महर्जन ।

काठमाडौ। नेपालमा भदौरे झरीले जनजीवनलाई कष्टप्रद बनाएको छ। गएराति देखि परेको अविरल पानीको कारण नेपालभर नै यस्तो समस्या देखिएको छ। मौसम तथा जलवायु विज्ञान विभागका अधिकारीहरुका अनुसार नेपालमा बंगालको खाडीवाट मनसुन फेरि सक्रिय भएवाट यसो भएको हो। यसको असर तीन दिन अझै रहने भएको छ।

काठमाडौमा विहान ९ बजेदेखि ठूलो झरीका साथ परेको अविरल बर्षाले निक्कै असर परेको छ। ढल निकासमा देखिएको व्यवधानले गर्दा काठमाडौका ठाउं–गाउंमा जलमग्न भएको छ। कतिपय स्थानमा सडकमा उर्लेको पानीले काठमाडौको विष्णुमती तथा बागमती नदीलाई विर्साउने गरेको छ। सडकमा नदी बगेको जस्तो प्रतित भएको छ। अविरल बर्षाको पानी कतिपय सडक छेउका घर तथा पसलमा पस्दा समस्या पैदा भएको छ।

पैदल हिंड्ने तथा मोटरसाइकल चालकहरुले हैरानी खेप्नु परेको छ। समयमा नै काठमाडौका भित्री तथा मूल सडकहरुमा व्यवस्थित रुपमा सडक निर्माण नगरिदा यसप्रकारको समस्या हरेक बर्षामा देखिदै आएको छ। यसतर्फ संवन्धित निकायको ध्यानाकर्षण हुन सकेको छैन्। जुन सर्वसाधारणले विडम्वनाको रुपमा लिएका छन्।
प्रकाशन मिति–२०७३ साल भदौ २७ गते सोमवार ।