Indian Channelsकाठमाडौ। नेपालका केबुल अपरेटरहरुले सवै भारतीय समाचार च्यानलहरुको प्रसारणमा आइतबारबाट रोक लगाएको छ। असहज परिस्थितिको कारण ती च्यानल बन्द गर्नुपरेको कारण केवुल अपरेटरहरुले बताएतापनि विप्लव नेतृत्वको नेकपा माओवादीको चेतावनीवाट त्रसित उनीहरुले त्यसो गरेको बुझिएको छ।

भारतीय समाचार च्यानल प्रसारणमा रोक लगाएतापनि भारतीय मनोरंजक च्यानल भने बन्द गरिएका छैनन्। केवुल टेलिभिजन व्यवसायी महासंघले आइतवार जारी गरेको विज्ञप्तिमा भारतीय समाचार च्यानल बन्द गरिनुको कारण खुलाएको छैन्।

भारतले नेपालमा नाकाबन्दी गरिएपछि नेपालमा भारतीय च्यानल बन्द भएको यो दोश्रो घटना हो। यसअघि सुशील कोइराला नेतृत्वको सरकार हुंदा तत्कालिन संचार मन्त्री मिनेन्द्र रिजालको कडा चेतावनी पश्चात खुलेको थियो।

प्रकाशन मिति–२०७२ साल मंसिर १३ गते आइतवार ।