Home_ministerकाठमाडौ। नेपाल सरकारले भोलि कार्तिक १० गते शुक्रबार पनि सार्बजनिक बिदा दिने भएको छ ।

गृहमन्त्रालयले आज विहीवार एक बिज्ञप्ति प्रकाशित गर्दै शुक्रबार पनि देश भर सार्बजनिक बिदा हुने बताएको हो।

chhatha bida

गृह मन्त्रालयले छठ पर्वको लागि थप १ दिने बिदा दिने निर्णय गरेको जानकारी दिएको हो। आज बिहिबार पनि सरकारले छठ पर्वको लागि बिदा दिएको थियो।

छठको अवसरमा तीन दिन सार्वजनिक बिदा हुनुपर्ने सरोकारवालाबाट माग भएपछि नेपाल सरकारले बिदा एक दिन थप गरेको हो।

प्रकाशन मिति–२०७४ साल कात्तिक ९ गते विहीवार ।