काठमाडौ। विवाह नगर्ने तर, संगै एकसाथ बस्ने जोडीहरु नेपालमा पनि धेरै संख्यामा रहेको खुलासा भएको छ। ती जोडीहरुले आफ्नो यौन जीवनलाई सुरक्षितको नाममा ७२ घण्टे असुरक्षित गर्भ रोक्ने चक्की आइपिल प्रयोग गर्ने गरेको अध्ययनले थाहा भएको छ।

नियमित यौनसंपर्क गर्ने तर अनिच्छित गर्भ नबोक्ने चाहना अनुरुप परिवार नियोजनको त्यस चक्कीलाई व्यापक रुपमा प्रयोग गर्नेहरु धेरै भएको र उनीहरुमाझ ७२ घण्टे आइपिल चक्की लोकप्रिय रहेको औषधि व्यवसायी कृष्णप्रसाद भट्टराईको भनाई रहेको छ।

व्यवसायी भट्टराईको औषधि पसलमा त्यस चक्की किन्न आउने महिला तथा पुरुष धेरै नै रहेको छ। उनीहरु अविवाहिता भएको बुझिएको छ। अक्सर लिभिङ टुगेडरमा रहेको बढी पाइएको पनि व्यवसायी भट्टराईको ठहर रहेको छ।

असुरक्षित यौन सम्पर्क भएको ७२ घन्टाभित्र गर्भ रोक्न प्रयोग गरिने चक्की पछिल्लो समय दुरुपयोग हुने गरेको पनि पाइएको छ । विवाहित महिलाको सवालमा भने निकै कम मात्रामा यो चक्की प्रयोग गर्ने चिकित्सक बताउँछन्।

पछिल्लो सयम ७२ घन्टे चक्की आई–पिल व्यापक दुरुपयोग भएको पाइएको बरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.मेनु आचार्यको भनाई रहेको छ। यो चक्की प्रयोग गर्नेमा स्कुल–कलेजका छात्रा बढी पाइएको डा.आचार्यको जिकिर रहेको छ। सामाजिक संजाल फेसबुक र युट्यूबमा सजिलै हेर्न पाइने अश्लिल चलचित्र (पोर्नोग्राफी) का कारण पनि विपरित लिंगबीच असुरक्षित यौन सम्बन्ध राख्ने क्रममा बृद्धि भइरहेको भनाई पनि डा.आचार्यको रहेको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक १६ गते विहीवार ।