काठमाडौ। नेपालले संघीय गणतन्त्रको तेश्रो तथा विलकुलै नयाँ राष्ट्रपति खोजिगरिरहेको अवस्थामा पुरानै राष्ट्रपति दोहोरिने भएको छ। राष्ट्रपतिको आँकाक्षीहरु धेरै भएपनि नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

एमाले स्थायी कमिटिको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मध्यारतिसम्म बसेको बैठकले राष्ट्रपतिको उम्मेदवार बिद्यादेवी भण्डारीलाई बनाउने निर्णय गरेको हो। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनेदेखि नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा रहेको संघीय संसद्को ठूलो दल एमालेका उम्मेदवारले सजिलै विजयी हुने अवस्था छ ।

उपराष्ट्रपतिमा माओवादी केन्द्रले उम्मेदवार तोक्नेछ। राष्ट्रपतिको निर्वाचन प्रक्रिया यही फागुन २३ बाट सुरु भएर २९ गते टुंगिदैछ। आजै दिउँसो राष्ट्रपतिका उम्मेदवारको मनोनयन हुँदैछ । २९ गते निर्वाचनमार्फत देशको तेस्रो राष्ट्रपति चुनिँदैछ।

एमालेका उम्मेदवारसँग भिड्न नेपाली कांग्रेसले मानबहादुर विश्वकर्मालाई उठाउने तयारी गरेको छ। यही फागुन २९ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचन कार्यतालिका अनुसार आज ३ बजेसम्म मनोनयन गर्नुपर्नेछ ।

प्रकाशन मिति–२०७४ साल फागुन २३ गते बुधवार ।