काठमाडौ। नेपाल बाहिर प्रवास अमेरिकामा समेत गायन कलाको माध्यमवाट बेग्लै नाम तथा इज्जत कमाएर त्यहांको गभर्नरवाट पहिलो सम्मान पाउने गायक राजेश पायल राई नै हुन्। यिनै राई इज किङ अनि दर्शन नमस्ते लगायत दर्जनौ दर्जन गीति–एल्बमका स्रष्टा राजेश पायल राईको नेपालमा पनि भव्य सम्मान भएको छ।

मिलाप मासिकको आयोजनामा गायक राईलाई मिलाप मासिक भव्य सम्मान प्रदान गरिएको छ। मिलाप मासिकका प्रधान सम्पादक कृष्ण भुसालले पत्रिकाको तर्फवाट गायक राईलाई भव्य सम्मान गरेको हो। कार्यक्रममा गायक राजेश पायल राईको व्यक्तित्व तथा कृतित्वका बारेमा ख्यातिप्राप्त संगीतकार राजु सिंह, चलचित्र पत्रकार संघका निर्वतमान अध्यक्ष तथा अग्रज चलचित्र पत्रकार शान्तिप्रिय, चलचित्र पत्रकार संघका बर्तमान अध्यक्ष संदीप सापकोटा लगायतले प्रकाश पारेका थिए।

आयोजक मिलाप मासिकका कार्यकारी सम्पादक गीता अधिकारीका अनुसार मिलापको गौरबमय परम्परा अनुसार विश्वमा नै ख्याति कमाउन सफल गायक राजेश पायल राईको सम्मान गरिएको हो। जुन सम्मानबाट अत्यन्त गौरबताको महशुश भएको सम्मानित गायक राईले भनेका छन्।


प्रकाशन मिति–२०७४ साल मंसीर ११ गते सोमवार ।