Manoj Acharya group 3काठमाडौ। नेपालमा विभिन्न समय तथा परिस्थितिले गर्दा प्राय सवैको ब्रेकफेल भैरहेको पाइएको छ। राजनीति गर्ने नेताहरुले ब्रेकफेल गरेपछि देशको ब्रेकफेल हुनु स्वभाविक हो। नेपालका राजनेता भनाउंदा कसैसंग पनि देश बनाउने भिजन नै नभएकोले देशको ब्रेकफेल भैरहेको दावी बरिष्ठ हाँस्यअभिनेता किरण केसीको रहेको छ। Manoj Acharya group 4

जिरे–खुर्सानी सिरियलको रातामकै नामले निक्कै नै चर्चा पाएका हाँस्यअभिनेता केसी भिजन संसारसंगको कुराकानीमा नेपाल बनाउन नेताहरुमा भिजन नभएको र उनीहरुमा अलिकति मात्र देश बनाउने भिजन तथा मिसन भएको भए देशको ब्रेकफेल नै नहुने दावी केसीले गरेका छन्।

Kiran KC

केही हप्ता यता नेपाल टेलिभिजनमा जिरे–खुर्सानीको स्थानमा हाल नयाँ टेलिसिरियल ब्रेकफेल प्रसारण हुन थालेको छ।

सोही टेलिसिरियलको नयाँ बानेश्वर स्थित खुराफाती हाकिम उपनामले निक्कै नै लोकप्रियता कमाउन सफल मनोज आचार्यको आचार्य गृहमा टेलिसिरियल ब्रेकफेलको शुटिङ्गमा भेटिएका हाँस्यअभिनेता केसी नेवार सम्प्रदायको भूमिकामा रहेको बताउंछन्।

नेवार सम्प्रदायले गरेको सकारात्मक पक्षलाई आफ्नो भूमिकाले उजागार गर्ने ठोकुवा केसीले गरेका छन्। प्रहरी इन्सपेक्टरको भूमिकामा रहेको खुराफाती हाकिम मनोज आचार्य भने देशको ब्रेकफेल गर्ने कसैलाई आफूले बाँकी नराख्ने ब्रेकफेल सिरियलमा भूमिका रहेको भन्छन्।

Shiva Hari Paudel

आचार्य पनि खुराफाती नेता तथा ब्युरोक्राट्सहरुले व्यापक भ्रष्टाचार तथा घुसखोरी गरिरहेकोले देशको ब्रेकफेल भएको स्पष्ट पार्दै त्यस्ता खुराफातीहरुलाई कसैले पनि बाँकी राख्न नहुने धारणा राख्छन्।

मूलासाँग उपनामले चर्चामा आएका सुरेन्द्र केसी पसलेको भूमिकामा रहेका छन्। पसलमा उधारो खाएर पैसा नतिर्नेहरुले हैरान पारेको भूमिकामा रहेको बताउंदै मूलासाँग केसीले ब्रेकफेल गर्ने मूलासाँगहरुले हैरान पार्यो भन्छन्।

टेलिसिरियल ब्रेकफेलको निर्देशन मूखाँ हानु जस्तो उपनाम पाएका हाँस्यअभिनेता शिवहरि पौडे्लको रहेको छ। जो आफैपनि माडवाडीको भूमिकामा अभिनयरत देखिएका थिए।

मुन्द्रे जितु नेपाल बाहेक प्राय सवै कलाकार लामो भागको टेलिसिरियल जिरे–खुर्सानीका कलाकारहरु नै रहेका छन्।
प्रकाशन मिति–२०७३ साल बैशाख ५ गते आइतवार ।