काठमाडौं। नेपालले बेलायतसंग कोरोनाभाइरस विरुद्धको खोप सहयोगको रुपमा मागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतसँग कोरोना खोप सहयोग मागेका हुन् ।

बेलायती राजदूत निकोला पोलिटसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपाली नागरिकका लागि एस्ट्राजेनेकाको खोप उपलब्ध गराइदिन अनुरोध गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, कोभिड–१९ विरुद्धको लडाईंमा परस्पर सहयोगको आदानप्रदान बारेमा छलफल भएको थापाले भनेका छन्।
प्रकाशन मिति–२०७८ साल जेठ ६ गते विहीवार ।