?

काठमाडौ। नेपालको ऐतिहासिक तथा पौराणिक नगरी भक्तपुरको पुरानो कथामा बंगाली फिल्मको निर्मााण भएको छ। जसको नाम स्वर्णमुद्रा राखिएको छ। हनुमानजी ब्लु–हेभनको  प्रस्तुति रहेको यस बंगली फिल्म स्वर्णमुद्राको निर्मातामा तुलसी दास पाल एण्ड सन्स (बृन्दावन पाल) रहेका छन्।

Shuvechha Thapa in Bangali film 6कथा, पटकथा तथा निर्देशन मधुमय चक्रवतीले गरेका छन्। नेपाली तथा हिन्दी भाषामा समेत रिलिज हुने तर्खरमा रहेको छ। यस बंगाली फिल्मको छायाँकन भक्तपुर,सिन्धुली, काठमाडौको चोभार, भारतको कालिङ्गपोङ्ग तथा कलकत्तामा गरिएको छ।

Shuvechha Thapa in Bangali film 3डेढ करोड लागतमा निर्माण भएको यस बंगाली फिल्म स्वर्णमुद्रामा नेपाली नायिका शुभेच्छा थापाको विशेष भूमिका रहेको छ। साथमा अभिषेक दास, सोहिनी बोस, अकिता मच्छिन्दर, देवज्योति शाह, सुवास नसकर रेजिना, जुनिया सेन लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ।

Shuvechha Thapa in Bangali film 4नेपाल र भारतमा एकसाथ रिलिज गर्ने अन्तिम तयारीमा आफूहरु लागिपरेको जानकारी निर्देशक मधुमय चक्रवर्तीले भनेका छन्। निर्देशक चक्रवर्ती नेपालको ऐतिहासिक नगरी भक्तपुरको पुरानो कथालाई जीवन्त बनाएर यथार्थपरक बनाउने भरमग्दुर प्रयास गरिएको बताउछन्। जसमा कुनै अफवाह तथा तोडमोड हुने छैन्। नेपाल र नेपालीको भावनालाई कदर गर्दै यसको प्रचार–प्रसार गर्नमा बंगाली फिल्म स्वर्णमुद्रा सफल हुने जिकिर पनि निर्देशक चक्रवर्तीको रहेको छ।

Shuvechha Thapa in Bangali film 2नेपालको प्रतिनिधित्व गरेकी नायिका शुभेच्छा थापाले आफू पहिलो पल्ट बंगाली फिल्म अनुवन्ध भएर काम गर्दा अत्यन्त खुशी लागेको र त्यसमाथि नेपालकै कथामा नेपाली भएरै अभिनय गर्न पाउंदाको बेग्लै गर्ब अनुभव भएको प्रतिक्रिया दिएकी छन्।

Shuvechha Thapa in Bangali film 5प्रकाशन मिति–२०७४ साल जेष्ठ २५ गते विहीवार ।