dhading-nc-mancha-2काठमाडौ। धादिङ्गको धादिङ्गबेसी स्थित मिलनटोलमा निर्माण हुन लागेको बिपी स्मृति भवनको शिलान्यास पछिको समारोहको मञ्च भत्किएको छ।

सोमवार काठमाडौवाट गएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वअर्थ मन्त्री रामशरण महत, पूर्वसञ्चार मन्त्री मिनेन्द्र रिजाल, उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे लगायतका ४८ जना नेता तथा कार्यकता बसेको उक्त मञ्च क्षमताभन्दा बढी भार भएपछि भत्किएको थियो।

dhading-nc-mancha-1

ओरालो जमिनमा फलामे मञ्चको उचित व्यवस्थापन गर्न नसक्दा पूरै मञ्च भत्किन पुगेको थियो। मञ्च त्यसरी भत्किएपछि नेता तथा कार्यकर्तामा भागदौड मच्चिएको थियो।

त्यसरी मञ्च ढलेपछि पाहुनाहरुलाई माला लगाएर स्वागत गर्दैगरी नेपाल महिला संघकी नेतृ भगवती पौडेलको खुट्टा भाँचिएको धादिङ्ग समाचारदाताले जनाएका छन्। अरु नेता तथा कार्यकर्तालाई सामान्य चोटपटक मात्र लागेको भनिएको छ।
प्रकाशन मिति–२०७३ साल पुष ११ गते सोमवार ।