काठमाडौ। नेपाली कांग्रेसमा सवैको आशाको केन्द्रको रुपमा देखिएका नेपाली काँग्रेसका नेता तथा सर्वोच्च नेता एवम् लौहपुरुष गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंहले नेपाली काँग्रेस विधिअनुसार चल्न नसकेको ठहर गरेका छन्।

Mr.Prakash Man Singh-Sinior Leader of Nepali Congress.

प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले ६८ औं प्रजातन्त्र दिवसको अवसरमा सोमवार काठमाडौमा आयोजना गरेको ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेस र वर्तमान अवस्थामा प्राविधिक विद्यार्थीको भूमिका’ विषयक कार्यक्रममा पार्टी विधि, विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताएका हुन् ।
“प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको पार्टी कमजोर हुँदै गएको छ, त्यसैले पार्टीलाई जोगाउनका लागि नेतृत्व परिवर्तन आवश्यक छ,”-नेता सिंहले भने ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री सिंहले एकतन्त्रिय राणा शासनलाई परास्त गरेर प्रजाको शासन स्थापना गर्न नेपाली काँग्रेसको ठूलो भूमिका रहेको भन्दै नेपाली काँग्रेसको पुरानो विरासत जोगाउन आवश्यक रहेको जिकिर गरेका छन्।
नेता सिंहले पार्टी सभापति र पदाधिकारीहरु विधानअनुसार निर्वाचित भएर आउने तर निर्वाचित भएपछि विधानलाई वेवास्था गर्ने परिपाटी पार्टीभित्र रहेको भन्दै यसको अन्त्य हुनु जरुरी रहेको समेत कडा टिप्पणी गरे।प्रकाशन मिति–२०७४ साल फागुन ७ गते सोमवार ।