काठमाडौ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ।

शनिवार वरिष्ठ नेता पौडेल गोरखा र लमजुङको कार्यक्रममा सहभागी हुन जाने क्रममा उक्त घटना भएको प्रहरीले जनाएको छ। करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी वम प्रहार भएको हो।

बम प्रहारबाट गाडीको सिसा फुटेको छ , पौडेल सुरक्षित रहेका छन्।
प्रकाशन मिति–२०७४ साल मंसीर २ गते शनिवार ।