काठमाडौ। काठमाडौ क्षेत्र नंबर ९ का नेपाली कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितका छोरा युरेक रञ्जितले काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य माथि दूव्र्यवहार गरेका छन्। मेयर शाक्यलाई मतदान केन्द्रमा आएको विषयमा विवाद निकालेर मेयर शाक्यको घर–टोल लगनमा नै युरेक रञ्जितले दूर्व्यवहार गरेकोमा स्थानीय बासिन्दा नै आक्रोशित बनेका छन्।

Mr.Bidhya Sundar Shakya-Mayor of Kathmandu Metropolitan City.

मेयर शाक्य आफ्नो मताधिकार प्रयोग गरेर मतदान केन्द्र अवलोकन गरेर फर्कने क्रममा नेपाली कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितका छोरा युरेक रञ्जितले मतदान स्थलमा मेयर आएको भनेर हातपात गर्ने उदेश्यले धक्का–धक्की गरेको स्थानीय बासिन्दाले भनेका छन्। मेयर शाक्यले आफू मतदाता भएको कारण मतदान स्थलमा स्वतन्त्र रुपमा हिंड्न पाउने नैसर्गिक अधिकार हुंदाहुंदै पनि उम्मेदवारको छोरा युरेकले त्यसप्रकारको दूव्र्यवहार गर्दा अत्यन्त दुःख लागेको प्रतिक्रिया दिएका छन्।

Mr.Bidhya Sunder Shakya-Mayor of Kathmandu Metropolitan City.

यसरी अवरोध गर्नु र गराउनु कसैले पनि नहुने तथा दूर्व्यवहार गरिनु नहुने राय पनि मेयर शाक्यले भिजन संसारलाई भनेका छन्। मेयर शाक्यलाई दूव्र्यवहार भएपछि लगन टोल तनाबमय भएको थियो। आक्रोशित स्थानीय बासिन्दाहरुले नेपाली कांग्रेसका नेता ध्यानगोविन्द रञ्जितका छोरा युरेक रञ्जितको अकर्मणिय कार्यको घोर विरोध गर्दै नेता रञ्जितको घरमा नै गएर त्यसको विरोध गरेका थिए।

घटनाले ठूलो रुप लिन नपाउंदै प्रहरी तथा सेनाले साम्य पारेको थियो। स्थानीय बासिन्दाले नेपाली कांग्रेसको पराजय मानसिकताले यसप्रकारको दूर्व्यवहार गरेको हुनुपर्ने भनेका छन्।

प्रकाशन मिति–२०७४ साल मंसीर २१ गते विहीवार ।