New Elected Chairman Mr Tirtha Thapa
New Elected Chairman Mr Tirtha Thapa

काठमाडौ। नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक सङ्घको अध्यक्षमा नेपाली चलचित्र निर्माता तथा निर्देशक तीर्थ थापा पुनःनिर्वाचन बनेका छन्।

New Elected General Secretary Mr Shiva Shankar Prasad Rijal Jogindar
New Elected General Secretary Mr Shiva Shankar Prasad Rijal Jogindar

सङ्घको सोमवार सहमतिमा चयन भएको नयाँँ नेतृत्वमा अध्यक्षमा थापा, वरिष्ठ उपाध्यक्षमा जनार्दन आचार्य चयन भएका छन्।

सङ्घको महामन्त्रीमा चर्चित हाँस्य कलाकार शिवशङ्कर प्रसाद रिजाल जोगिन्दर, दुर्गा रायमाझी र रोशनी केसी चयन बनेका छन्।

सङ्घको महाधिवशेन प्रतिनिधि विवादका कारण निर्वाचन हुन नसकेपछि पार्टीले गठन गरेको निर्देशक समितिले सहमतिका आधारमा पाँच जना पदाधिकारीको टुङ्गो लगाएको हो ।

कार्यसमितिका बाँकी ८० पदाधिकारी तथा सदस्यको शीघ्र सहमतिका आधारमा चयन गरिने बताइएको छ।

Tirtha Thapa.1प्रकाशन मिति–२०७३ साल माघ २६ गते मंगलवार ।