Sujata Koirala.JPGकाठमाडौ। नेपाली कांग्रेस बृतमा कोइराला परिवारको बर्चश्व कायम गर्न कांग्रेस नेतृ सुजाता कोइराला अग्रसर बनेकी छन्। कांग्रेसमा सभापति सुशील कोइरालाको निधन पश्चात कोइराला परिवारको नेतृत्वमा देखिएको शुन्यतालाई अन्त पार्न पनि नेतृ कोइराला अग्रपंक्तिमा देखिएकी छन्। सोही अनुरुप नेपाली कांग्रेसको आसन्न १३ औं महाधिबेशसनमा पार्टी सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

कांग्रेस संस्थापन समूहको टीममा नअटाएपछि नेपाली कांग्रेसका प्रभावशाली नेता पूर्वप्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइरालाकी पुत्री नेतृ कोइरालाले शनिवार रिपोर्टर्स क्लव नेपालमा आयोजित कार्यक्रममा आफूले सभापति पदमा उम्मेदवारी दिने निश्चित भैसकेको र अव पछि नहटने उदघोष गरेकी छन्। संस्थापन पक्षका कार्यवाहक सभापति रामचन्द्र पौडेलले आफूलाई एक्ल्याउन खोजेको आरोप पनि नेतृ कोइरालाले लगाएकी छन्।
प्रकाशन मिति–२०७२ साल फागुन १५ गते शनिवार ।