Nepali Congressकाठमाडौ। नेपालको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वको दौड उत्कर्षमा पुगेको छ।

सभापति पदमा संस्थापन पक्षवाट नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल तिनको विरुद्ध बरिष्ठ नेता शेरबहादुर देउवा र महासचिव कृष्ण सिटौलाको उम्मेदवारीले व्यापक प्रतिस्पर्धा र कौतुहलता देखिएको छ। अर्कोतर्फ महासचिव पदमा उम्मेदवारी दिएका अर्जुन नरसिंह केसी, गगन थापा र डा.शशांक कोइराला वीचको भीडन्तले थप रोचकता र कौतुहलता जन्माएको छ।

केसी शेरवहादुर देउवा, थापा सिटौला र कोइराला रामचन्द्र पौडेल प्यानलवाट महासचिव पदमा उम्मेदवार बनेका हुन्। अर्जुन नरसिंह केसी र गगन थापा नाताले साख्खै ससुरा र ज्वाई हुन्। ससुरा केसीले चर्चित युवा नेता ज्वाई गगन थापाले महासचिवमा उम्मेदवारी दिइसकेपनि सोही पदमा केसीले उम्मेदवारी दिनुलाई नाता तथा संवन्धमा राजनीतिमा नहुने कुरालाई पुट दिएको छ।

Gagan with Arjun Narsing Kc Jwai Sasura

नेता केसीले आफू नेपाली कांग्रेसको राजनीतिमा लागेर केश फुलाइसकेको र आफूले राजनीतिमा परिपक्वता कायम गरिसक्दा ज्वाई गगन थापा भर्खर विद्यार्थी राजनीतिमा लागिरहेको र बीपी कोइराला पुत्र डा.शशांक कोइराला डाक्टरी पेशामा प्राक्टिस गरिरहेका हुन भनेर प्रतिक्रिया दिएका छन्। उनीहरुसंगको प्रतिस्पर्धा भन्दा महासचिव पदको जिम्मेवार प्रतिस्पर्धा भनेर केसीले भनेका छन्।

सभापति र महासचिव पदमा देखिएको रोचक तथा रोमान्चकता अनि कौतुहलताले कसको जित हुनेछ भन्ने सवालले नेपाली कांग्रेसको १३ औ महाधिवेसनतिर सवैको ध्यानाकर्षण भएको पाइएको छ। महाधिवेशसनमा ३ हजार १ सय ८८ जनाको सहभागिता रहेको छ।

प्रकाशन मिति–२०७२ साल फागुन २१ गते शुक्रबार ।