Wel Come to Nepali Congress. Wel Come by Nepali Congress Vetran Leader Mr. Sher Bahadur Deuba.
Wel Come to Nepali Congress. Wel Come by Nepali Congress Vetran Leader Mr. Sher Bahadur Deuba.

काठमाडौ। नेपाली चलचित्रका कलाकारहरु पनि एक पछि अर्को गरेर नेपालका विभिन्न राजनीतिक दल तथा पार्टीमा प्रवेश गर्ने लहर चलेको छ। यसैक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको संयोजकत्वमा १० जना नेपाली चलचित्रका कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

बुधवार आयोजित कार्यक्रममा ती कलाकारहरुलाई नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले देउवा निवास बूढानिलकण्ठमा टीका तथा अविर लगाइदिएर नेपाली कांग्रेसमा स्वागत गरेका थिए। त्यसरी नेपाली कांग्रेस प्रवेश गर्ने कलाकारहरुमा बरिष्ठ अभिनेता रमेश बुढाथोकी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, गायक युवराज चौलागाई, नायिका रिस्ता बस्नेत, हेयर स्टाइलिष्ट तथा कलाकार विपना बस्नेत, नृत्य निर्देशक पूर्णम राई, मोडल नम्रता योगी, प्रतिक्षा खड्का, रञ्जु सुनाम लगायत रहेका छन्।

Actress Sarita Lamichhane with her lovely child
Actress Sarita Lamichhane with her lovely child

यता नेपाली कांग्रेसमा प्रवेश गर्ने भनेर व्यापक चर्चामा आएकी अभिनेत्री सरिता लामिछानेले भने कांग्रेसमा प्रवेश गरेकी छैनन्। कुनैपनि पार्टीको सदस्यता नलिएको बताउने अभिनेत्री लामिछानेले आफूलाई नेपाली कांग्रेसमा प्रवेश गर्ने कलाकारको लिष्टमा राखेर व्यापक प्रचार गरेकोमा असहमति जनाउंदै त्यसप्रकारको कुनै निर्णय आफूले नलिएको बतााएकी छन्।
प्रकाशन मिति–२०७३ साल पुष ७ गते विहीवार ।