Gyanendra Shahकाठमाडौ। महाभूकम्प तथा भारतको नाकाबन्दी यता खासै चुपचाप देखिएका नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले २ सय ९४ औं पृथ्वीनारायण शाहको जन्मोत्सव एवम् एकता दिवसको पूर्वसन्ध्यामा आइतबार विज्ञप्ति जारी गर्दै घुमाउरो तरिकाले फेरि राजा बन्ने संकेत दिएका छन्। ज्ञानेन्द्रले शाहबंशीय परम्पराको कदर गर्दै नेपाली जनताको नासो नेपाली जनतालाई नै दिएर दरबार छाडेको विज्ञप्तिमा भनेका छन्। दरबार छाडेतापनि नेपाली घरबार नछाडेको तथा नेपाल र नेपालीको आधारको भार परित्याग नगरेको उल्लेख गरेका छन्।

Gyanendra 2

यसको मतलव फेरि पनि ज्ञानेन्द्रमा राजा बन्ने तिब्र इच्छा पैदा भएको स्पष्ट भएको छ। नेपाली जनता हालको बर्तमान राजनीतिक दलवाट सन्तुष्ट नभएको अवस्था रहेको कुरालाई पनि घुमाउरो पाराले उल्लेख गरेका छन्। हाल नेपाली जनता दिग्भ्रमित भएको अवस्था रहेको र देशभित्र विधि व्यवस्था, भूसंरचना र शासन प्रशासनका कुरालाई लिएर जे–जस्ता बखेडा खडा भएका छन्–त्यो कदापि राम्रो नभएको पनि विज्ञप्ति मार्फत सचेत गराउने कोशिश ज्ञानेन्द्रबाट भएको छ।

Gyanendra 3

हिमाल, पहाड र तराईका हामी सवै नेपाली एउटै फूलबारीमा रम्न सकेमा मात्र देशको हित हुने कुरालाई जोडदार रुपमा उल्लेख गरेर अप्रत्यक्ष रुपमा तराई–मधेश आन्दोलनवाट विखण्डन हुन गैरहेको नेपालीहरुलाई पृथ्वी जयन्तीको अवसरमा एक हुन ज्ञानेन्द्रले आग्रह गरेको पाइएको छ।

नेपाली जनताले सांझ–विहान छाक टार्न धौ धौ परिरहेको बर्तमान अवस्था गंभिर चिन्ताको विषय हो भनेर भारतको नाकाबन्दीलाई समेत अप्रत्यक्ष रुपमा इंगित गर्दै परनिर्भरताको पराकाष्ठतावाट मुक्त हुनुपर्ने इंगित गरेका छन्।

Gyanendra Press Releaseप्रकाशन मिति–२०७२ साल पुष २६ गते आइतवार ।