UK Modek Nurse prasuna1काठमाडौ। बेलायतमा कार्यरत नेपाली नर्स प्रसुना कँडेल रुल दि रनवे युके मोडलिङ्ग कन्टेष्टमा छानिएकी छन्। तीन अडिसन पार गरेर उक्त कन्टेष्टमा छानिएकी नेपाली नर्स कँडेल सहित विभिन्न देशका २४ जना सुन्दरी छानिएको रुल दि रनवे युके कन्टेष्ट आयोजक कमिटीले जनाएको छ।

नेपाली नर्स कँडेल सहित २४ जना सुन्दरी वीच आगामी फरवरी २०१६ मा बेलायतको बर्मिङ्गममा हुने कन्टेष्टमा व्यापक प्रतिस्पर्धा हुने भएको छ। त्यसको लागि आफू पूर्णतयारी अवस्थामा रहेको नेपाली प्रतिस्पर्धी कँडेलले भनेकी छन्। संसारभरका मोडल तथा डिजाइनरहरुलाई प्लेटफार्म दिदैआएको रुल दि रनवे युकेको आयोजनामा हुंदैआएको उक्त कन्टेष्टमा आगामी जनवरी ४ सम्म प्रत्येक व्यक्तिले हरेक दिन फेसवुक तथा ट्वीटरमार्फत अनलाइन भोट दिन सकिने प्रतियोगी कँडेलले भनेकी छन्।

कन्टेष्ट जित्न सकेमा नेपाल र नेपालीको मान–सम्मान र इज्जतलाई उँचा राख्न आफू सदा अग्रसर रहने प्रतियोगी कँडेल भन्छिन्। बेलायतमा नेपलिज नर्सिङ्ग एसोसियसन युकेकी उपाध्यक्ष समेत रहेकी उनी पछिल्लो समय समाजसेवामा समेत संलग्न रहेकी छन्। नेपालमा महाभूकम्प गएको लगतै नेपाल आएर भूकम्पपीडित १० जिल्लाहरुमा नर्सिङ्ग सेवा प्रदान गर्नुको अलावा राहत वितरण गर्ने कार्यमा उनी सक्रिय बनेकी थिइन्।

धादिङ्ग मारपाक गाविसका एक भूकम्पपीडित नौ बर्षिय बालकको जीवनभरको अध्ययन तथा खर्चको जिम्मेवारी समेत बोकेी उनी नेप्लिज वुमन एसोसियसन युके र नेप्लिज ब्लड डोनर युकमा महासचिवको जिम्मेवार पदमा समेत रहेकी छन्। बेलायतका विभिन्न मोडलिङ्ग कन्टेष्टमा सहभागिता जनाइसकेकी उनले नेपाली चलचित्र यु टर्नमा सहनायिकाको भूमिका समेत गरिसकेकी छन्।

प्रकाशन मिति–२०७२ साल मंसिर १६ गते बुधवार ।