काठमाडौं। चलचित्रको रंगीन दुनियाँवाट जीवन निर्वाह गर्ने कुनै उपाय नदेखेपछि यो क्षेत्रलाई लात मार्नुपरेको खुलासा नेपाली नाना पाटेकर फाजु श्रेष्ठले गरेका छन्।

कुनैबेला नेपाली चलचित्रको रंगीन दुनियाँमा बेग्लै सोच र खोजमा रमेर चुर्लुम्मै डुबेका नेपाली नाना फाजुलाई यो क्षेत्र फापेन। जसको कारण पुस्तेनी स्यानिटरी बिजनेशमा फर्केका फाजुलाई फेरि चलचित्रको रंगीन दुनियाँमा फर्कने मन भएन।

हाल काठमाडौंको स्वयम्भु बुद्धपार्क स्थित फाजु ट्रेड लिंकमा व्यस्त बनिरहेका फाजुलाई यदाकदा फिल्मलाइनको याद आउने गर्दछ। ती रमाइला दिनहरुलाई सम्झदै नाम भएतापनि दाम नहुने लाइन भएको कारण आफू टिक्न नसकेको यथार्थता पनि वताउंछन्।

विजनेश लाइनमा व्यस्त वनेयता विजनेशमा नै व्यस्त बनिरहेका छन्। लामो लामो कपाल अनि अग्लो कदका कारण कुनैबेला फाजुलाई जोन अब्राहम भनेर धेरैले भन्ने गरेको पाइएतापनि पछि कपालको स्टाइल चेञ्ज गरेपछि रुपरङले नाना पाटेकर जस्तो देखिएपछि नेपाली नाना पनि भनिएको थियो।

यद्यपि, आफूलाई फाजु भनेर नै चिनाउन उनी चाहन्छन्। जंगली मान्छे लगायतका फिल्म तथा दीपक खरेलका हिट गीतका भिडियोमा अभिनय गरेर बेग्लै नाम फिल्मलाइनवाट फाजुले कमाएका थिए।

प्रकाशन मिति–२०७७ साल चैत्र १५ गते आइतवार ।