काठमाडौ। बलिउडकी ख्यातिप्राप्त अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको भोजपुरी फिल्ममा नेपाली नायिकाले आइटम डान्स गरेकी छन्।

काशी अमरनाथ नामक भोजपुरी फिल्ममा नेपाली नायिका जेनिशा केसीले आइटम डान्स गरेकी हुन्। प्रियंका चोपडाले निर्माण गरेको उक्त दोश्रो भोजपुरी चलचित्रमा जेनिशा केसी र भोजपुरी फिल्मका स्टार रवि किसनको आइटम डान्स रहेको छ।

जसमा जेनिशाले हाफ पाइन्ट लाएर नाइटो देखाएर रक्सीको प्यालामा जवानीको उन्मादलाई जाँड भट्टीमा खन्याएकी छन्। जसमा मातिएका भोजपुरी स्टारहरुले जेनिशाको जवानीको प्यालारुपी मदिरालाई पिउने कार्य गरेका छन्।

फिल्ममा रवि र जेनिशाको साथमा दिनेश लाल यादव र आम्रपाली पनि मुख्य भूमिका रहेको छ । प्रियंका चोपडा, सिद्धार्थ चोपडा र डा. नेहा शन्दिल्याले यस फिल्मलाई निर्माण गरेका हुन् । नेपालमा हिट फिल्म दिन नसकेकी जेनिशा केही समय अघिदेखी बलिउड फिल्ममा आफ्नो स्थान जमाउने प्रयासमा रहेकी छन्।

जेनिशाले भोजपुरी फिल्म ‘काशी अमरनाथ’ मा आईटम गीतसँगै केही भूमिका समेत निर्वाह गरेको बुझिएको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर ९ गते शनिवार ।