काठमाडौ। काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भाषा र संस्कृतिलाई प्रवद्र्धन गर्ने खालका चलचित्र निर्माणमा सहयोग गर्ने कुरा बताएका छन्। संस्कृति संरक्षणमा स्थानिय सरकारको भूमिका हुने भएर चलचित्रमार्फत संस्कृति प्रबद्र्धन गर्न सके अपेक्षित लक्ष्य हासिल हुने कुरा बहुभाषिक चलचित्र हिमआधीको शुभमुहुर्त समारोहमा मेयर शाक्यले भनेका छन्।

Him Andhiमहाजु फाउण्डेशन भक्तपुरले नेपाली, नेपालभाषा, अंग्रेजी र चीनियाँ भाषामा निर्माण गर्न लागेको “हिमआँधी” चलचित्र को नेपालभाषामा “च्वापु फय् ”शिर्षक रहने छ भने मूलतः नेपालभाषामा छायाँकन गरिने यस चलचित्रको कथावस्तु अनुसार सम्बन्धित स्थानहरुमा त्यही स्थान र पात्रले बोल्ने भाषा प्रयुक्त हुने भएको छ।

कार्यक्रममा नेपालभाषा एकेडेमीका सदस्य सचिव एवं मानवअधिकारबादी नेता मल्ल के. सुन्दरले मुहुर्त शटको निर्देशन दिएकोका थिए भने सिद्धिदास प्रतिष्ठानका नरेन्द्रभक्त हाडाले क्लाप बजाए। त्यस्तै, डा. महेशमान श्रेष्ठले क्यामरालाई स्वीच अन र महानगरपालिकाका मेयर शाक्यले नरिवल फुटाएर संयुक्त रुपमा चलचित्रको शुभ मुहूर्त गरिएको थियो।

सो कार्यक्रममा प्रमुख अतिथी मेयर शाक्य लगायत अतिथीहरु मल्ल के. सुन्दर , इतिहाकार एवं चीन विशेषज्ञ हर्षमुनि शाकय , वरिष्ठ सिने– पत्रकार विजयरत्न तुलाधर“असंबरे” लगायतका वक्ताहरुले शुभ कामना मन्तव्य व्यक्त गरेका थिए। मुहूर्त कार्यक्रममा सो चलचित्रमा मूख्य भूमिका निर्वाह गर्ने कलाकारहरु निकी महर्जन, सनिश शाक्य, सुरज व्यञ्जनकार, रुपेन श्रेष्ठ, राजेन्द्र महर्जन राजी, विनेश श्रेष्ठले भाग लिएका थिए।

त्यस्तै गरी यो चलचित्रमा आशाकाजी थकू, राजेन्द्रमान शाक्य, मञ्जु श्रेष्ठ, पल्पसा डंगोल, सुशील राजोपाध्याय, राजेन्द्र महर्जन, सुरेश महर्जन, डोमा शेर्पालगायतका कलाकारहरुको अभिनय रहने भएको छ। निर्देशन प्रदीप खड्गीले गर्ने भएका छन्। चलचित्रमा शंकर महर्जनले क्यामेरा र निर्माण नियन्त्रण पक्ष महेश हाडाले सम्हाल्ने छन्

कार्यक्रममा यस चलचित्रका पटकथा लेखक तथा परिकल्पनाकार ओमचरण अमात्यले चलचित्रभित्रको ऐतिहासिक परिवेशमाथि प्रकाश पारेका थिए । बहुभाषिक चलचित्र “हिमआँधी” असोज २५ गते देखि नियमित रुपमा तिब्बतको ल्हासा तथा काठमाडौंमा सुटिङ शुरु हुनेभएको छ।

करिव ३ करोडको बजेटमा निर्माण हुने चलचित्रलाई स्तरिय बनाउन एनिमेसन प्रविधि पनि प्रयोग हुने बताइएको छ ।
प्रकाशन मिति–२०७४ साल साउन १९ गते विहीवार ।