ललितपुर। नेपाली फाइन आर्टका ख्यातिप्राप्त कलाकार अजय देशारले जीवनमा धेरै चित्र बनाइसकेका छन्। ती सवै चित्रहरु देश–विदेशमा पुगेका छन्। कैयन ती चित्रहरु हजारौ हजारमा विक्री पनि भैसकेका छन्। तर, एउटा हेर्दा सामान्य देखिएपनि असामान्य मानिएको चित्र भने विगत १३ बर्षदेखि लाखौं लाख मूल्य आउंदा पनि कलाकार देशारले विक्री गरेका छैनन्।

त्यो चित्रमा कलाकार देशारको बेग्लै मोह रहेको छ। अनुपम सदभाव लुकेको छ। चाहेर पनि त्यो चित्र अव देशारलाई विक्री गर्ने मन छैन्। चापागांउ लेलेस्थित कुष्ठरोग अस्पतालमा जानेक्रममा कुष्ठरोगी एक बृद्ध बुवाको कथावाट प्रभावित बनेर कोरिएको उक्त चित्रमा सामान्यता देखिएतापनि असामान्य खुशी देखिएको छ।

??

कुष्ठरोगी बन्दा समाजले गरेको अवहेलना तथा आफैले जन्माएका सन्तानहरु पनि दूरदूर भएको त्यो क्षण अनि कुष्ठरोगीलाई निःशुल्क उपचार र बस्नका लागि निःशुल्क आवासको व्यवस्था कुष्ठरोग अस्पतालले गरेको खवर थाहा पाएर सवै उनीप्रति आकर्षित बनेको त्यो स्वार्थी संसारलाई देखेर नचाहेर पनि कुष्ठरोग अस्पतालको बेडवाट मुस्कुराउने प्रयासमा कोरिएको त्यो चित्र किन किन कलाकार देशारको लागि अमर पुत्र बनेको छ।

??

धेरैले धेरै कुरा गरेर लाखौं लाख रकममा किन्न खोजेतापनि कलाकार देशारले बेचेका थिएन। अव पनि नबेच्ने कसम कलाकार देशारको रहेको छ। देशारको ललितपुर स्थित गोदावरी नगरपालिका वडा नंबर ११ स्थित चापागाउं निवासमा सजेर बसेको छ। यसलाई कलाकार देशार तथा कलाकार देशार पत्नी अर्का सिद्धहस्त कलाकार सीतु मास्के पनि यस चित्रलाई अमर पुत्र नै भन्न रुचाउंछिन्।

प्रकाशन मिति–२०७७ साल कात्तिक ११ गते मंगलवार ।